नेपाल नर्सिङ परिषद्ले गर्‍यो विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक

लोकपथ
343
Shares

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले आज एक सूचना जारी गर्दै गत असार १७ र १८ गते सञ्चालन भएका परीक्षाहरूको नतिजा प्रकाशन गरेको हो।

प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस तथा विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले परिषद्को वेबसाइट www.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीमा रहेको सूचना पाटीबाट नतिजा हेर्न सक्नेछन्।

उत्तीर्ण परीक्षार्थीहरूले नाम दर्ता प्रमाणपत्रका लागि दुई हजार रुपैयाँ शुल्क तिरे आवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन जाँदा नागरिकताको सक्कल प्रतिलिपि, परीक्षाको प्रवेश पत्र तथा शैक्षिक प्रमाणपत्रहरूको सक्कल प्रतिलिपिहरू अनिवार्य रूपमा साथमा लैजानुपर्ने परिषद्ले जनाएको छ।

परिषद्ले विभिन्न तहका लागि असार २२ गतेदेखि फरक–फरक समयमा प्रमाणपत्र वितरण गर्ने तालिका समेत सार्वजनिक गरेको छ।

यसैबीच, नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?