काठमाडौं । केन्द्रदेखि प्रदेशसम्म सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) आजबाट प्रतिपक्षमा बस्ने भएको छ ।
नाउपाले केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने औपचारिक निर्णय आज गर्न लागेको हो ।
शुक्रबार (आज) बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्न लागेको अध्यक्ष रञ्जिता चौधरीले लोकपथलाई जानकारी दिइन् ।
‘हामी अब सरकारलाई समर्थन गर्न सक्दैनौँ । आज बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौँ,’ उनले भनिन् ।
त्यसो त नाउपाले बिहीबार नै भर्चुअल बैठक बसेर त्यसबारे निर्णय गरेको थियो । आज भौतिक रुपमै छलफल गरेर त्यसबारे निर्णय गर्न लागेको हो ।
‘हामी हिजो भर्चुअल्ली बैठक बसेर एकखाले निर्णय गरिसकेका थियौँ । आज भौतिक रुपमा बैठक बसेर औपचारिक निर्णय गर्दैछौँ,’ उनले लोकपथलाई जानकारी दिइन् ।
त्यसो त बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा उक्त निर्णयमा पुग्न लागेको हो ।
मुख्यमन्त्री शाहले चौधरी आर्थिक अनियमिततामा मुछिएको भन्दै यसअघि नै राजीनामा दिन निर्देशन दिएका थिए ।पटकपटक राजीनामा दिन निर्देशन दिँदा समेत अटेर गरेपछि भने हिजो उनलाई बर्खास्त गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया