काठमाडौं । चितवनको रत्ननगरमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६ वर्षीय अभिषेक माझी रहेका छन् । प्रहरीका अनुसार अभिषेक बिहीबार राति स्थानीय राजकुमार माझीसँगै सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा माछा मार्न गएका थिए।
माछा मार्ने क्रममा अचानक गोहीले अभिषेकलाई समातेर खोलातर्फ तानेको बताइएको छ। राति १:२० बजेतिरको समयमा घटना भएको हो।
खोजतलासको क्रममा घटनास्थलबाट करिब २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया