काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज दिउँसो र राति देशका अधिकांश भागमा मौसम बदली रहनेछ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।
महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले बाढीपहिरो र मौसमजन्य जोखिमको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया