काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले वनमन्त्री चौधरीलाई बर्खास्त गरेका हुन् ।
केही समयअघि मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । तर चौधरीले राजीनामा नदिएपछि आज बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले उक्त मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।
मुख्यमन्त्री शाहले आर्थिक विवादमा मुछिएको शंकापछि चौधरीलाई राजीनामा दिन भनेका थिए । तर उनले भने आफूले राजीनामा नदिने अडान राख्दा बर्खास्तीमा परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया