काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराएका थिए । स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन् ।
त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया