उड्ने हेलिकप्टरलाई किन कन्टेनरमा हालेर ल्याइयो ?

लोकपथ
2.9k
Shares

काठमाडौं । माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै हेलिकप्टर ल्याएको छ ।

कम्पनीका महाप्रवन्धक दिलबहादुर वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो ।

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ ।

महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए । ‘फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो,’ उनले भने ।

नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए ।

कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएको थियो । पहिलोपटक कन्टेनरमा हालेर तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?