काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा बिहीबार पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।
साइबर ब्यूरोमा साइबर ब्यूरो ५९ को नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको विषयमा समाचार प्रकाशन गरेको विषयमा उनीविरुद्ध उजुरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया