गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गाली गलौज गर्ने एक जना पक्राउ

लोकपथ
175
Shares

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गाली गलौज तथा चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार राईलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गर्ने तयारी भइरहेको छ । हालसम्म म्याद थप भइसकेको छैन ।

गायिका चौहानले सोमबार साइबर ब्युरोमा सामाजिक सञ्जालमार्फत आफूमाथि चरित्रहत्या गर्ने चार जनाविरुद्ध उजुरी दिएकी थिइन् । पक्राउ परेका राई तीमध्ये एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?