रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
175
Shares

रौतहट । रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा बिजयपुर नगरपालिका–२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लाग्दा ज्यान गएको हो ।

सोनार खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै बारास्थित प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?