काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विशेष अफरसहितको ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
असार १९ देखि २३ गते सम्म सञ्चालन हुने यस विशेष कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी एक्सचेन्ज गरी नेपालमा लोकप्रिय टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त पेसेन्जर गाडीहरु – टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भईभी खरिद गर्न सकिनेछ ।
कार्यक्रम अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले जोडीका लागि थाइल्याण्ड भ्रमण, एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षको सवारी कर, आकर्षक एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क पाउनेछन् ।
यस अफरको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका शोरूमहरूमा गएर गाडीको अवलोकन, टेस्ट ड्राइभ, बुकिङ वा मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिने सिप्रदी ट्रेडिङले जनाएको छ । यस्तै, एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कार स्वरूप (Luxury Gift) जित्ने अवसरसमेत पाउने छन् ।
उक्त कार्यक्रममार्फत सिप्रदीले विद्युतीय गाडीको यात्रालाई थप सहज, सुरक्षित र लाभदायक बनाउने उद्देश्य लिएको जनाएको छ ।
इच्छुक ग्राहकहरूलाई समयमै नजिकको टाटा शोरूममा सम्पर्क गरी अवसरको लाभ लिन सिप्रदी ट्रेडिङले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया