काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीवार सम्पन्न सेमिफाइनल खेलमा आयोजक मलेसियामाथि ९ विकेटको शानदार जित निकाल्दै नेपालले उपाधि नजिक पुगेको हो ।
क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाको इनिङ ४३.१ ओभरमै ९० रनमा सीमित भयो । त्यसका लागि मुहम्मद फातुल मुइनले ३८ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि अभय यादवले घातक बलिङ गर्दै ४ विकेट लिए । शुभम खनालले ३ विकेट हात पार्दा कप्तान विपीन शर्मा र सचिव भट्टले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालले ११.४ ओभरमै लक्ष्य पूरा गर्दै फाइनल यात्रा तय गर्यो । ओपनर परिमार्जन यादवले ३५ बलमा विस्फोटक ५९ रन बनाए भने शिवान्स बजगाईं २३ रनमा अविजित रहे ।
अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया