यू-१६ इस्ट जोन कप : फाइनल प्रवेशका लागि नेपाल आज मलेसियासँग भिड्दै

लोकपथ
665
Shares

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेट कप अन्तर्गत नेपालले आज सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।नेपालले फाइनल प्रवेशका लागि आज मलेसियासँग सेमिफाइनलको खेल्न लागेको हो । 

खेल बिहान पौने ८ बजे मलेसियाको सेलांगर टर्फ क्लब मैदानमा सुरु हुनेछ।

नेपाल यसअघि समूह ‘ए’ विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो।

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको अन्तरले हराउँदै समूह विजेता बनेको थियो। यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गर्दै अपराजित यात्रा तय गरेको थियो ।

मलेसियाले समूह बी मा माल्दिभ्स, थाइल्यान्ड र म्यानमारलाई हराएको थियो भने हङकङसँग पराजित भएको थियो।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर आमनेसामने हुनेछन् । प्रतियोगिताको फाइनल खेल शनिबारका लागि तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?