देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकपथ
1.3k
Shares

काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश प्रदेशमा वर्षा र बदलीको अवस्था देखिएको छ।

बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रहरूमा सामान्यतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रका धेरै स्थानहरूमा र अन्य भागका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?