मोहन बस्नेतमाथि गगनको कटाक्ष– ‘फोहोर चलाएर फोहोरी बन्दिन’

लोकपथ
2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूमाथि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ रहेको भन्दै त्यसलाई फोहोरको संज्ञा दिएका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा पूर्वमन्त्री समेत रहेका बस्नेतले महामन्त्री थापाले आफूमाथि कडा आलोचना गर्ने र त्यसकै कारण आफूमाथि अख्तियारले मुद्दा लगाउने अवस्थासम्म बनेको भन्दै टिप्पणी गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दैै महामन्त्री बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्न ।’

टेरामक्स प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि धरौटीमा छुटेका बस्नेतले केन्द्रीय बैठकमा महामन्त्री थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले उक्त आरोपलाई, ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन् ।

त्यस्तै उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु— फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु ।’

त्यस्तै आफू बैठक कक्षमा नभएका बेला एकले अर्कोलाई कटाक्ष गर्ने प्रवृत्ति बढेको भन्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए ।

उनले आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्ति बढेको भन्दै भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो ।’

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारबाट जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?