काठमाडौं । सोमबारदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी रहेको छ ।
बैठकमा नेताहरुबिच आरोपप्रत्यारोपको शृंखला नै चलेको छ । पहिलो दिन सोमबार बोलेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अर्का केन्द्रीय सदस्य विनोद चौधरीमाथि कटाक्ष गरेका थिए । साथै मंगलबारको केन्द्रीय समिति बैठकमा चौधरी कोइरालामाथि खनिएका थिए ।
बुधबारको बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत महामन्त्री गगनकुमार थापामाथि खनिएका छन् । हालै टेरामक्स प्रकरणमा २५ लाख धरौटीमा तारेख धाइरहेका बस्नेतले महामन्त्रीकै कारण आफूमाथि मुद्दा चलाइएको आरोप समेत लगाए ।
उनले महामन्त्री थापा टेरामक्सका विषयमा आफूविरुद्ध संसदमा समेत बोलेको भन्दै सबै नेताहरुलाई जेल पठाउनुस् भन्दै कटाक्ष गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
त्यस्तै टेरामक्सको विषयमा पार्टीकै नेताहरुले आफूविरुद्ध बोल्ने गरेको भन्दै गुनासो समेत गरे । साथै त्यसमा आफ्नो कुनै कमजोरी नभएको भन्दै बचाउ समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया