सांसद राईको चेतावनी : ‘समितिको सर्वसम्मत निर्णय बदल्न पाइँदैन’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।

बुधबार बसेको समितिको बैठकमा बोल्दै राईले समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुराले समिति निर्णयमा जालझेल गरेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताए ।

सांसद राईले कुलिङ पिरियडसम्बन्धी विषयमा समितिले गरिसकेको निर्णयलाई परिवर्तन गर्ने प्रयास भएको भन्दै आक्रोश पोखेका थिए । उनले भने, ‘यो समिति सार्वभौम हो। यत्रो सदस्यको सहमतिमा भएको निर्णयलाई तलमाथि गर्ने अधिकार कसले दियो तपाईंलाई ?’

उनले सभापति खतिवडामाथि समितिका सदस्यहरूप्रति अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै थपे, जनताबाट चुनिएका प्रतिनिधिहरूको अपमान गर्ने अधिकार तपाईँलाई छैन। सभापतिज्यू, तपाईँले त्यो कुर्सी छोडिदिनुपर्छ। तपाईँले सक्नुभएन ।’

राईले अबको दिनमा खतिवडा र दुरा नेतृत्वमा समिति बैठक बस्न नसक्ने स्पष्ट पारे । साथै, समितिमा सहज वातावरण निर्माण गर्न सभापतिको भूमिकामै प्रश्न उठाएका छन्।

कुलिङ पिरियडबारे भइरहेको विवादसँगै समितिभित्रको नेतृत्वमाथि उठेको असहमति संसदीय प्रक्रियामा थप पेचिलो बन्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?