काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र रहेका छन् । ।
मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष रहेका थिए ।
राजनीतिक पृष्ठभूमिका नेता समेत रहेका मिश्र मधेश आन्दोलनबाट उदाएका थिए । उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । तर, उक्त निर्वाचनमा उनी पराजित भएका थिए ।
बैंक घोटालासँग सम्बन्धित प्रकरणमा प्रहरीको अनुसन्धान तीव्र रुपमा अगाडि बढिरहेको छ । मिश्रमाथि वित्तीय अनियमिततामा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया