शेख हसिनालाई ६ महिनाको जेल सजाय

लोकपथ
1.2k
Shares

ढाका । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।

न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको नेतृत्वमा रहेको इजलासले बुधबार सजाय सुनाएको हो।

मानवता विरुद्ध अपराधको आरोपमा उनीमाथि २०२५ को जुनमा औपचारिक मुद्दा दायर गरिएको थियो।

अभियोजन अनुसार, २०२४ मा जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिने प्रमुख योजनाकार हसिना रहेको आरोप छ।

हसिनाले २०२४ अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिँदै भारत प्रस्थान गरेकी थिइन्। मुद्दामा अर्का अभियुक्त शाकिल आकन्द बुलबुललाई २ महिनाको जेल सजाय सुनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?