काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताएका छन् ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यो त्रुटि नभई बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए ।
जनस्तरमा सांसदप्रतिको विश्वसनीयता गुमेको भन्दै उनले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए । संलग्नहरूले कारबाही भोग्नुपर्ने बताए ।
उनले भने, ‘यो त्रुटि हो की बदमासी हो ? षड्यन्त्र हो । यो के हो । सचिवज्युसँग सोध्दा त्रुटि भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरू कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानबिन हुन जरुरी छ । यो छानबिन भएन गम्भीर समस्या ल्याउँछ । अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् । त्यसै पास भन्दा रहेछन् । यिउ भेडा बाख्रा जस्ता रहेछन् । हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो अहिले । हाम्रो विश्वसनियतामा अत्यन्तै ठुलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ ।’
सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया