काठमाडौं । टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी ‘एक्सप्रेस–टी’ खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौता पत्रमा सिप्रदी ट्रेडिङका महाप्रबन्धक सावन्त जंग सिजापतिले तथा सिद्धार्थ बैंकका मुख्य खुद्रा बैंकिङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, अब सिप्रदीमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज तथा सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। उक्त कर्जाको अवधि पाँच वर्षसम्म रहने बताइएको छ।
साझेदारीमार्फत स्वरोजगार प्रवर्द्धन हुनुका साथै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता आउने र यसले सार्वजनिक यातायात प्रणालीमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘एक्सप्रेस–टी’ ट्याक्सी अत्याधुनिक प्रविधियुक्त, आकर्षक, सुरक्षित, पर्याप्त ठाउँसहितको ठुलो गाडी हो जसले ग्राहक, यात्रु तथा सञ्चालक सबैको मन जितेको छ। यसमा सामान राख्न पर्याप्त बूट स्पेस, आरामदायी सिट, तथा आधुनिक विशेषताहरू समावेश छन्, जसका कारण यो विद्युतीय ट्याक्सी बजारमा लोकप्रिय बन्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया