काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व चयनबारे भइरहेको बहस तत्काल रोक्न निर्देशन दिएका छन् ।
बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्वको विषय उठाउने उचित समय नभएको स्पष्ट पारे ।
‘महाधिवेशनको मिति अझै तय भइनसकेको अवस्थामा नेतृत्वको बहस पूर्णरूपमा रोक्नुपर्छ,’ महासचिव पोखरेलले भने, ‘पार्टी पंक्ति नीति तथा विधि निर्माणमा केन्द्रित हुनुपर्छ ।’
उनका अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनको मस्यौदा अझै तयार हुन बाँकी छ । पोखरेलले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने जानकारीसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया