कुमारी बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, फोनपे सँग सहकार्य

लोकपथ
329
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाली बैंकिङ्ग क्षेत्रमा थप एक डिजिटल नवप्रवर्तन गर्दै ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

कुनै भौतिक कार्डको आवश्यकता नपर्ने भर्चुअल क्रेडिट कार्ड सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत सजिलै सुचारु गर्न सकिनेछ । ग्राहकहरूले यस कार्डको प्रयोग गरी फोनपेको क्यूआर मर्चेन्टहरूमार्फत पेमेन्ट गर्न सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज भुक्तानी सुविधा लिन सक्नेछन् भने सेटलमेन्टका लागि १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको विकल्प छान्न सक्ने व्यवस्था गरिएको छ ।

२४ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ब्युटी, एआइसी तथा एनएफसी सुविधा विस्तार गर्नुका साथै क्यूआर, इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङमार्फत डिजिटल कारोबारको पहुँच थप बिस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?