बारा । पूर्व संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान निधन भएको उनका छोरा डा. जितेन्द्र यादवले जानकारी दिएका छन्।
बारा जिल्लाको सुवर्ण गाउँपालिका–२ कवहीजगात निवासी यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट बारा क्षेत्र नं १ बाट विजयी भएका थिए। उनी सक्रिय राजनीतिक जीवन बिताउँदै आएका नेता थिए।
यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। उनको निधनले कांग्रेस पार्टीले एक अनुभवी र समर्पित नेताको गुमाएको जनाइएको छ। परिवार, शुभेच्छुक र स्थानीय समुदायमा शोक छाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया