रुकुमपश्चिममा खुकुरी प्रहार गरेर पत्नीको हत्या, पति प्रहरी नियन्त्रणमा

लोकपथ
504
Shares

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक श्रीमानले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको गए राति खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार हत्या गरेको आरोपमा चन्द्रबहादुरलाई घटनास्थलबाट खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?