काठमाडौं । नेपालले पहिलोपटक पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीसँग टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ।
अस्ट्रेलियाको नर्दन टेरिटोरी (NT) क्रिकेट संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार नेपाल, पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ टोलीबीच यहि आगामी अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियामा टी–२० सिरिज हुने भएको हो।
पाकिस्तान ‘ए’ टोली यसअघि सन् २०२३ र २०२४ मा पनि उक्त सिरिजमा सहभागी भइसकेको छ। त्यस्तै, बंगलादेश ‘ए’ टोलीले सन् २०२३ को संस्करणमा सहभागिता जनाएको थियो। नेपालका लागि भने यो सिरिज पहिलो सहभागिता हुनेछ।
क्रिकेटको नयाँ गन्तव्यको रूपमा विकास हुँदै गरेको अस्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने यस प्रतियोगितामा नेपालले प्रतिस्पर्धात्मक क्रिकेटमा आफ्नो उपस्थिति मजबुत बनाउने अवसर पाउनेछ।
यस सिरिजले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास गरिएको छ। खेल तालिका तथा टोलीको घोषणा केही दिनमै सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया