ताप्लेजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जना घाइते

लोकपथ
294
Shares

काठमाडौं । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरो जाँदा एकै परिवारका चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनी, उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका हुन् । पहिरोको कारण कटुवाल परिवारको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमाथिबाट आएको कुलो थुनिँदा जमेको पानीले माटो बगाएर पहिरो खस्दा घर पुरिएको हो। दुर्घटनापछि छिमेकीहरूले तत्काल उद्धार गरी घाइतेलाई बाहिर निकालेका थिए।

चारै जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि पाँचथर अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?