काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार ४१ वर्षीय दीपक चन्दलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया