६ महिनामा ईरान र पाकिस्तानमा रहेका १२ लाख अफगानी नागरिक स्वदेश फर्किए

लोकपथ
406
Shares

काठमाडौं । देश छाडेर ईरान र पाकिस्तान पुगेका हजारौँ अफगानी नागरिकहरु स्वदेश फर्किएका छन् ।

दुवै देशमा रहेका आफ्ना नागरिकहरु एकै दिनमा तीन हजार २८४ परिवारका १३ हजार २९ जना नागरिक छिमेकी मुलुक ईरान र पाकिस्तानबाट स्वदेश फर्किएको अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले जानकारी दिएको हो ।

उनीहरू पश्चिम हेरात प्रान्तको इस्लाम कला नाका, पूर्वी नंगरहारको तोर्खम नाका, दक्षिण कन्धारको स्पिन बोल्दाक नाका तथा पश्चिमी निमरोजको अब्रीशम नाका हुँदै अफगान भूमि प्रवेश गरेका हुन् ।

संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायोगको पछिल्लो विवरणअनुसार, सन् २०२५ को सुरुयता हालसम्म १२ लाखभन्दा बढी अफगानी नागरिकहरू ईरान र पाकिस्तानबाट स्वदेश फर्किसकेका छन् ।

हाल झण्डै ७० लाख अफगानी शरणार्थी विदेशमा रहेका छन्, जसमा धेरैजसो व्यक्तिहरू कागजपत्रविहीन अवस्थामा ईरान र पाकिस्तानमा बसोबास गरिरहेका छन् ।

यी दुवै मुलुकका अधिकारीहरूले अवैध रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई आफ्नो देश फर्कन बारम्बार आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?