निजामती विधेयकको त्रुटीबारे सभामुखले भने– ‘प्रतिवेदनमा सांसदहरुको ध्यान पुगेन’

लोकपथ
1.9k
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा नै त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताएका हुन् ।

कुलिङ पिरियडमा भएको बदमासीबारे कुराकानी गर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन सबै सांसदहरुको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताए ।

समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिए ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राखेर विधेयक अगाडी बढाउने सहमति भएपनि प्रतिनिधि सभामा प्रतिवेदनसहित पास भएर राष्ट्रिय सभामा गएको विधेयकमा कुलिङ अफ पिरियड नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ ।

यता सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए के निष्कर्ष वा सहमति जुटेको थियो त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताए ।

विषयलाई गम्भीरताकासाथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका सचिवालयलाई निर्देशन दिएको पनि बताए ।

विधेयक राष्ट्रिय सभामा पुगेको र सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको बताए ।

बहसमा सभामुखले सच्याउन सक्ने भन्ने कोणबाट कुराहरु आएपनि अनुसांगिक मिलाउने बाहेक विधेयक भित्र चलाउने अधिकार आफूलाई नभएको स्पष्ट पारे ।

संसदमा दर्ता भएर संसदको बैठकले समितिमा छलफलको लागि पठाउने सबै विधेयकको छलफल, निष्कर्ष र जवाफदेहिता समिति र समिति सदस्यको हुने भएकोले त्यसको स्तरीयतामा पनि प्रश्न उठेको बताए ।

समितिमा कस्ता छलफल हुन्छन् र त्यसको स्तर कस्तो छ भनेर हेर्न यो कुलिङ अफ पिरियड सम्बन्धिको सांसदको प्रतिक्रियाले देखाएको बताए ।

प्रतिनिधि सभाको बैठकमा असार १ गते कार्यसूचीमा रहेको विधेयक धेरै पछि पास भएर राष्ट्रिय सभामा पुगे पछि मात्र सांसदहरुले थाहापाउने कुराले हाम्रो छलफल र सांसदको प्राथमिकता कस्तो रहेको छ भन्ने स्पष्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?