मुलुकमा शान्ति सुरक्षा, सुशासन र विधिको शासन कायम गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री लेखक

लोकपथ
287
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानुनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताए । 

उनले सबै सुरक्षा निकाय न्यूनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताए । लेखकले अगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको समेत बताए । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उनको भनाइ छ । 

उनले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरु छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरु पास भइसकेपछि सुरक्षा निकायहरुलाई थप व्यवस्थित गर्न सकिने विश्वास समेत व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?