नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–८ बाहुँनडाडामा रहेको कल्याणीदेवी माध्यामिक विद्यालय यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट बनेको छ ।
यस वर्षको एसईईमा पालिकाभर रहेका २० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । त्यसमध्ये कल्याणीदेवी मावि उत्कृष्ट बन्न सफल भएको हो । जहाँ ३४ जना विद्यार्थीहरु सहभागि भएकोमा ३२ जना राम्रो अंकसहित उत्र्तिण हुन सफल भएका हुन् ।
यो भनेको कुल विद्यार्थी संख्याको ९४ प्रतिशत रहेको पालिकाले जनाएको छ ।
जसमध्ये ३ दशमलव ६ देखी ४ जीपीएसम्म ल्याउने ५ जना, ३.२१ देखि ३.६ ल्याउने १० जना, २.८१ देखि ३.२ ल्याउने १४ जना रहेको छन् । त्यस्तै २.४१ देखि २.८ ल्याउने २ जना, २.२१ देखि २.४० एक जना रहेका छन् । दुई जना भने ननग्रेडेड भएका हुन् ।
त्यस्तै दोस्रोमा बेलकोटगढी ११ मा रहेको पञ्चकन्या मावि रहेको छ । जहाँ ४७ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएकोमा ४४ जना उत्र्तिण भएका छन् । यो भनेको कुल विद्यार्थीको ९३ प्रतिशत हुन आउँछ । त्यस्तै बेलकोटगढी–१ मा रहेको आरुखर्क मावि तेस्रो हुन सफल भएको छ । जहाँ परीक्षामा सहभागिमध्ये ९२ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् । गत एसईईको परीक्षामा १३ जना सहभागि रहेकोमा १२ जना उत्र्तिण भएका हुन् ।
कल्याणदेखि मावि यसअघि पनि निरन्तर पालिकामा उत्कृष्ट हुँदै आइरहेको छ । यस वर्षको एसईईमा नुवाकोट जिल्लाभरबाट टप ५ मा पर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया