अनावश्यक कमेन्ट गर्नेविरुद्ध भिडिरहेकी एलिनाले भेटिन् गृहमन्त्री लेखक

लोकपथ
630
Shares

काठमाडौं । गायिक एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफूमाथि भएको नकारात्मक कमेन्ट र दुर्व्यवहारबारे प्रतिकार गर्दै आइरहेकी गायिका चौहानले आज गृहमन्त्री लेखकसँग भेटघाट गरी कानुनी साहायताको लागि आग्रह गरेकी हुन् ।

एलिनाले सोमबार मात्रै आफूमाथि नकारात्मक कमेन्ट गर्नेहरुविरुद्ध साइबर ब्युरोमा पुगेर उजुरी समेत दिएकी थिइन् ।

यसै क्रममा उनले कानुनी सहयोग प्रदान गरेकोमा गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएकी छन् ।

गृहमन्त्रीसँग भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दैै उनले भनेकी छन््, ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ । तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो । तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।’

यसअघि उनले गायिका समीक्षा अधिकारीसँग मिलेर यस्ता व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानसमेत चलाएकी थिइन् ।

उनले माफी माग्नेहरूलाई माफी दिइसकेकी छन् भने नसुध्रिने विरुद्ध कानुनी कारबाही अघि बढाउने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?