काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–९ कपुरखोरीका ५६ वर्षीय एक व्यक्तिले आत्मदाह गरेका छन् ।
चितवन प्रहरीका अनुसार, सो ठाउँका वीरबहादुर राउतले आफ्नै घरमा आत्मदाह गरेका हुन् ।
शरीरको कम्मरदेखि माथिल्लो भाग जलेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
घटनापश्चात् उनको शव पोस्टमार्टमका निम्ति भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया