काठमाडौं । छिमेकी देश भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
विस्फोटपछि कारखानाको ठूलो भागमा क्षति पुग्दा धेरै व्यक्तिहरु घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले घटनाबारे जानकारी दिँदै सञ्चारमाध्यमलाई भनेका छन्, ‘हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौँ र अझै भग्नावशेषमा खोजी जारी छ ।’
यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुँवा आकाशमा उठिरहेको देखिन्छ ।
भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया