कैलालीमा सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु

लोकपथ
777
Shares

कैलाली । कैलाली जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानीमा सर्पको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीका अनुसार ४३ वर्षीय रामबहादुर बुढाको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो।

जोशीका अनुसार बुढालाई आफ्नै घरअगाडि काम गर्ने क्रममा दाहिने खुट्टामा सर्पले टोकेको थियो। घाइते बुढालाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको जनाइएको छ।

स्थानीय तह तथा प्रशासनले जनस्वास्थ्यका दृष्टिले सर्पदंशबारे जनचेतना बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ। मनसुनको समयमा सर्पदंशका घटनाहरू बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरू तथा सरोकारवाला निकायले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?