काठमाडौं । रुपन्देहीको क्षेत्र नं ३ मा आगामी कार्तिक २७ गते उपनिर्वाचन हुने भएको छ ।
आज बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
आयोगका कार्यवाहक प्रवक्ता रामप्रसाद भण्डारीले आगामी कार्तिक १७ गते निर्वाचन गर्ने गरी तयारी अघि बढाइएको जानकारी गराए ।
गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर बोहराको निधनपछि सो क्षेत्र खाली रहेको छ ।
आयोगले निर्वाचनको मिति घोषणा नगर्दै त्यहाँ चुनावको माहोल भने दलहरुले सिर्जना गरिसकेका छन् ।
त्यसो त निर्वाचन आयोगले सो क्षेत्रका मतदाताहरुलाई आफ्नो नाम मतदाता सूचीमा अध्यवधिक गर्न आग्रह गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया