स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

लोकपथ
553
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको वीर अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकहरूको निगरानीमा मन्त्री पौडेलको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्देशक शर्माका अनुसार मन्त्री पौडेललाई ज्वरो आएपछि असार १४ गते अस्पतालमा भर्ना गरिएको थियो। उनले हाल मन्त्रीको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जानकारी दिएका छन्।

पौडेल थाइल्यान्डमा आयोजित एक कार्यक्रममा सहभागी भई फर्किएलगत्तै अस्वस्थ भएका थिए। हाल उनी अस्पतालमै आराम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?