काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को अधिवेशन पक्षधरहरूले प्रदर्शन गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।

सभापति र पार्टीका पदाधिकारीहरूलाई नर्सरी मासेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधार बिना म्यादथप किन गर्ने भन्दै प्रश्न गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया