बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमारका एक युवक चौलानी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा २६ वर्षीय महेश राना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनका अनुसार राना आज बिहान ६ बजेतिर घरनजिकै रहेको चौलानी नदीमा हाम फालेका हुन् भन्ने जानकारी पारिवारिक स्रोतले दिएको छ ।
हाल बेपत्ता रानाको खोजी कार्य जारी रहेको र घटनास्थलमा प्रहरी टोली खटिएको पाण्डेयले बताए । राना किन नदीमा हाम फाले भन्नेबारेमा यकिन कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया