झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, १२ लाखको क्षति

लोकपथ
91
Shares

बनियानी । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

मोतीबहादुर खड्काको एकतले टिनको घरमा सञ्चालित ‘खड्का फर्निचर उद्योग’मा विद्युत् चुहावटका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगलागीका कारण उद्योगमा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । आगलागीबाट उद्योगमा रहेका काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?