दाङ । बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारतको बहराइच जिल्ला घर भएका २४ वर्षीय मोहम्मद आरिफलाई नेपालगन्जस्थित बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार आरिफको साथबाट २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया