काठमाडौं । नेपाली कांग्रेसका सभापति रामहरि खतिवडाले अवैधानिक काम गरेर पार्टी किन्ने र सांसद भई सरकार र संसदलाई थर्काउने कुरा गलत भएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौँ रुपैयाँ ठगेको आरोप लगाएका थिए ।
साथै अनियमितता गरेर सांसद बनेर संसद्मा आइ थर्काउने काम गरेको आरोप लगाए । जसको जवाफमा आइतबारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिए । सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताएका थिए ।
उनले भने, ‘उहाँका श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत छ । यो गलत कामको छानविन हुनुपर्छ भन्दा उहाँहरू आत्तिनुभएको छ । सरकारले छानबिनको प्रक्रिया अघि बढाउनुपर्छ । सुमेरि ट्राभल्समा उहाँहरूले गरेका गतिविधि के छन्, निष्पक्ष छानविन होस् । छानविन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुच काला है ।’ उनले निष्पक्ष छानविन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुच कालो रहेको स्पष्ट हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया