संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

लोकपथ
2.9k
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।आइतबारको बैठकमा संघीय

मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेलगत्तै प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गरिएको हो ।

विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । अमनलाल मोदी, जानर्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा. अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा र लेखनाथ दाहालले विधेयकबारे धारणा राख्दै सुझाव र चिन्ता व्यक्त गरेका थिए ।

त्यसैगरी, सांसद शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवा, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी र दिपा शर्मालगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

बहसपछि प्रस्तुत गरिएको प्रस्तावलाई बहुमतले समर्थन गरेसँगै संघीय निजामती सेवा विधेयक पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?