तरुण दलको तदर्थ समिति भंग गर्न माग राख्दै सानेपामा आमरण अनसन

लोकपथ
266
Shares

काठमाडौं । महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको मागसहित आमरण अनसन सुरू गरिएको छ ।

सानेपास्थित कांग्रेस मुख्यालयमा तरुण केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले आमरण अनसन थालेका हुन् ।

संगठनमा गुट उपगुट बनाई लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहको जिम्मेवारी दिइएको उनीहरूको भनाइ छ ।

त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३–३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको कारण तदर्थ समिति भंग हुनुपर्ने जिकिर गरिएको छ ।

कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?