काठमाडौं । एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्दै शानदार प्रदर्शन जारी राखेको हो ।
नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इन्डोनेसियाको इनिङ २४.३ ओभरमै ५० रनमा सीमित भयो ।
नेपालका लागि बलर विपिन शर्मा चम्किए । उनले ७.३ ओभरमा १२ रन दिएर ६ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त पारे ।
यस जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया