सभामुख घिमिरेको अपिल : ‘महत्वपूर्ण विधेयकमाथि छलफलमा रास्वपा–राप्रपाको सहभागिता सुनिश्चित गरौँ’

लोकपथ
1.7k
Shares

काठमाडौं । संघीय निजामती विधेयक प्रस्तुत र पारित गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले महत्वपूर्ण विधेयकमाथिको छलफलमा सबै दलको सहभागिता सुनिश्चित गर्न आग्रह गर्दै रास्वपा र राप्रपालाई सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन अपिल गरेका हुन् ।

‘महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो भएन,’सभामुख घिमिरेले छलफलमा भने, ‘निजामती, शिक्षाजस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन अनुरोध गर्दछु ।’

तर, सभामुखको आग्रहका बाबजुद रास्वपा र राप्रपाले आफ्नो अडान नछाड्ने संकेत गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै यी दलले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन् ।

सरकारले पूर्वसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरे पनि रास्वपा र राप्रपाले उक्त समितिलाई अस्वीकार गरेका छन् । यस्तो अवस्थामा संघीय निजामती विधेयकमाथिको छलफलमा पनि अवरोध आउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?