पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित, टेरामक्स खरिद प्रकरणमा आजै थुनछेक बहस

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

पूर्वमन्त्री बस्नेतले अदालतमा स्वयं उपस्थित भई बयान दिन पाउँ भनी निवेदन दिएपछि विशेष अदालतको इजलास-सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान भइरहेको छ । बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ ।

बस्नेत सञ्चारमन्त्री रहँदा नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिदको निर्णय गरेको थियो । सोही निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित अन्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि बस्नेत सांसद पदबाट निलम्बनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?