मदनको बचन सम्झिँदै भण्डारीले गरिन् पुनः सक्रिय राजनीतिको उद्घोष [पूर्णपाठ]

लोकपथ
721
Shares

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरिन् ।

राष्ट्रपतिको रुपमा दुई कार्यकाल बिताएर फर्किएपछि नै भण्डारी एमालेको राजनीतिमा फर्किने संकेत गरेकी थिइन् । तर एमाले नेताकै हैसियतमा केही समयअघि चीन भ्रमणपछि भने उनले शनिबारबाट एमालेको राजनीतिमा फर्किने घोषणा नै गरिन् ।

उनले जनताको सुख र राष्ट्रको समृद्धिका लागि आफ्नो दायित्व पूरा भइनसकेकाले फेरि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी हुन् ।

भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको र अब एमालेको परिवारको सदस्यका रूपमा राजनीतिमा सक्रिय रहने बताइन् ।

एमालेका तत्कालीन महासचिव समेत रहेका स्वर्गीय मदन भण्डारी पत्नी समेत रहेकी विद्यादेवीले मदनको ७४औँ स्मृती दिवस पारेर एमालेको राजनीतिमा पुनः सक्रिय बन्ने घोषणा गरेकी हुन् ।

पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको उनको दाबी रहेको छ ।

‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन्,’ उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?