सेरेस नेपालको ‘मनसुन एक्सचेन्ज क्याम्प’ सुरु : पुराना गाडी साटेर नयाँ सेरेस ईभी लिन सकिने

लोकपथ
28
Shares

काठमाडौं । नेपालमा वातावरणमैत्री र दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यसहित सेरेस नेपालले ‘मनसुन एक्सचेन्ज क्याम्प’ को औपचारिक सुरुआत गरेको छ।

असार १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन उच्चतम मूल्यमा साटेर सेरेस ३ इलेक्ट्रिक भेहिकल (ईभी) मा अपग्रेड गर्न सक्नेछन्।

कम्पनीका अनुसार, एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूलाई उद्योगमै उत्कृष्ट मूल्यका साथ थुप्रै आकर्षक अफरहरू प्रदान गरिनेछन् । अफरहरूमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज, र विशेष नगद छुटहरू समावेश छन्।

सेरेसको भनाइमा, यो अभियानले इन्धनबाट विद्युतीय सवारीमा हुने रूपान्तरणलाई थप सहज, लाभदायक र पर्यावरणमैत्री बनाउने लक्ष्य राखेको छ। उच्च प्रविधि र भरपर्दो प्रदर्शनका लागि चिनिएको सेरेस ब्रान्डले नेपाली बजारमा पनि सशक्त उपस्थिति जनाइसकेको छ।

यसको सेरेस ३ मोडल ले ४,४६० मिटर उचाइको कठिन कोरलानाका सफल पार गर्दै उत्कृष्ट इन्जिनियरिङ क्षमताको उदाहरण प्रस्तुत गरिसकेको छ। सोही मोडलले इन्डोनेसियाको २०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेहिकल सो मा तीन वटा ‘बेस्ट ईभी’ अवार्ड जितेर अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमताको प्रमाण दिएको छ।

चीनका प्रमुख ईभी उत्पादकहरूमध्ये एक सेरेसले दीर्घकालीन विश्वास र प्रविधिमा आधारित अनुभवमार्फत नेपाली बजारमा पनि अग्रणी भूमिका निर्वाह गरिरहेको छ।

कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको सेरेस शोरूममा गएर पुराना गाडी साट्न र नयाँ सेरेस ईभी अनुभव गर्न आग्रह गरेको छ। यो योजना नेपालभरका सबै अधिकृत सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?